बारा, कात्तिक ६: अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट गरिएको छ । निजगढ नगरपालिका १२ हली डाँडा स्थित करिब ८ विगाहा क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।

बुधबार बिहान ६ः ३० बजेको समयमा ईलाका प्रहरी कायार्ललय सिमराका प्रहरी निरीक्षक सुर्य बहादुर रानाको कमाण्डमा खटिएको टोलीले उक्त कार्य गरिएको थियो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट समेत प्रहरी टोली खटाइएको थियो ।