अवैध काठ सहित ४ वटा ट्रेक्टर पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 25 | 09:04 pm 2759

बारा, मंसिर ९ : आज बिहान करिब ९ बजे प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएका प्रहरी टोलीले ठूलो मात्रामा काठ पक्राउ गरेका छन् । बारा महागढिमाई नगरपालिका वडा नम्बर -९ गंजभवानीपुर गाँउ स्थित सडकमा अवैध विभिन्‍न जातका काठको गुलिया बरामद गरेको हो ।

उक्त काठ ना ६ त १८०३, ना ६ त १३०६, ना ७ त १६७५ र ना ३ त ६७७७ नम्बरको ट्रेक्टरहरुमा लोड गरी ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन् ।

बरामद गरिएका काठ सहित ट्रेक्टरहरु आवश्यक कारबाहीको लागि अस्थाई ईलाका वन कार्यालय कलैया बारामा बुझाइएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.