काठमाडौं, साउन २२: बिल भरपाई नभएको करीव २० लाख रुपैयाँ बराबरको लेडिज सटिङ, सुटिङ र कुर्था सुरुवालका कपडा सहित काठमाडौं महानगरपालिका २४ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका ६ घर भएका १९ वर्षीय रेशमलाल श्रेष्ठ र सामानका धनि राजन कुमार रहेका छन् । बा.६ च ६४२ नम्बरको टाटा गाडीमा शंकास्पद तरीकाबाट त्रिपालले छोपी सामान लिई हिडीरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले चालक श्रेष्ठलाई सोधपुछ गर्दा किलागलको लागि राजन भन्ने व्यक्तिलाई दिन भनि महादुर्गा रोड क्यारियर्सबाट ल्याएको बताएको र सामानका धनी कुमारले बिल भरपाई देखाउन नसकेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त सामान, गाडी, चालक र सामानका धनीलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भंसार कार्यालय गौचर पठाइएको छ ।