अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

| 2024 Aug 21 | 08:46 am 429

काठमाडौँ ०५ भदौ / कर्णाली राजमार्ग अन्तर्गत गएराती आएको अविरल बर्षाले कालिकोट जिल्लाको एसमोड र हुम्लामा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.