अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ चालक कारवाहीमा

| 2022 Aug 31 | 05:24 pm 1413

काठमाडाैं, भदाै १५ः अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले आज देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिएको छ । काठमाडौंको कीर्तिपुर स्थित टि.यु गेट नजिकै आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो
बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप
परिर्वतनको कसुरमा कारवाही गरेको हो । यस्तै, हेड लाईट ठिक नभएको एउटा र
अवस्था ठिक नभएको ५ ओटा टाटा सुमोका चालकलाई कारवाही गरिएको छ ।

चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ति ठिक नभएको ८ ओटा
पानी ट्याङकर र अन्य टाटा र डि. आई गाडीका ८ जना चालकलाई पनि कारवाही
गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक
राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । अवस्था ठिक नभएको सवारी साधन
चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तिव्रता दिईएको हो ।

आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठिक नभएको सवारी साधन
चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.