काठमाडौं, असाेज ८ः शुक्रबार बिहान नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्ने बहानामा श्रीपेच चोरी गर्न खाेज्ने एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती रहेका छन् ।
उनले अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए । तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ।
उनलाई अहिले नेपाली सेनाले नियन्त्रणमा लिएकाे छ भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।