अवरुद्ध संसद खुलाउन सिंहदरबारमा ७ दलको बैठक शुरु

| 2023 Aug 20 | 01:42 pm 821

काठमाडाैं, भदाै ३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समय देखि संसद अवरुद्ध गरेपछि त्यसलाई सूचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सिंहदरबारमा  सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री दाहालले  राष्ट्रिय मान्यताप्राप्त ७ दलका शिर्ष नेताहरूलाई आमन्त्रण गरे बमोजिम सहभागी छन्।

संसदको गतिरोध अन्त्य गर्न, विभिन्न विधेयक र देश तथा जनताका दैनिक समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले ७ दललाई बैठकमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.