अवरुद्ध मुग्लिन सडक सञ्‍चालनमा

| 2018 Jun 04 | 06:22 am 2969

चितवन, जेठ २१: पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार साँझदेखि सञ्‍चालनमा आएको छ ।

निर्माणाधीन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

तीनवटा स्काभेटरको प्रयोग गरेर पहिरो हटाई साँझ ७ बजेदेखि सडक सञ्चालनमा ल्याइएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.