काठमाडौं ३० असार । गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर ०९ ( ददल्का ) निवासी गोविन्द खराल विगत केही समयदेखि बिरामी भई काठमाडौँ टिचिङ्ग हस्पिटलमा उपचार गराइ रहेका छन् ।
निज गोविन्द खरालको आर्थिक अवस्था कमजोर रहेको र निजले सहयोग गरी पाउँ भनी अर्लाङकोट सेवा समाज (जापानमा ) मा निवेदन दिएको आधारमा अर्लाङकोट सेवा समाजको तर्फ बाट सहयोग स्वरुप रु ३५००० ( पैतिस हजार ) निज गोबिन्द खराललाई रकम हस्तान्तरण गरिएको छ ।
उक्त रकम पुर्ब अर्लान्गकोट गाबिस उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले निज गोबिन्द खरेललाई हस्तान्तरण गरेका थिए। सो अबसरमा सापकोटाले रकम हस्तान्तरण गर्दै अर्लाङकोट सेवा समाज का साथै गोपाल सापकोटा र ऋषिराम घिमिरेलाई धन्यबाद दिएका थिए । साथै समाज सेबी मुसिकोट ०६ निवासी रुद्र पौड्यालको समेत उपस्थिति रहेको थियो।