अर्न्तक्रियामा पाण्डेले भने, ‘अपराधमा शून्य सहनशिलता’

रिपोर्ट नेपाल | 2018 Jun 12 | 01:09 pm 3213

पाल्पा, जेठ २९: पाल्पाको रामुपुरमा सम्पन्न अर्न्तक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यभार सम्हाल्दै प्रहरी निरीक्षक भोजराज पाण्डेयले अपराधमा शून्य सहनशिलता निति अक्षरसस् पालना गरिने बताए ।

मंगलबार इलाकाका सम्पूर्ण अतिथिहरुलार्इ स्वागत तथा परिचायात्मक कार्यक्रममा प्रहरी निरीक्षक पाण्डेले शान्ती सुरक्षामा खलल पुर्यााउने र नागरिकको शान्तसँग बाँच्न पाउने अधिकारमा दखल पुर्यातउने जोसुकै बिरुद्ध कानून बमोजिम कडा कदम चाल्ने उल्लेख गरे ।

उनले अपराध न्यनीकरण गर्न विभिन्न योजनाहरु समेटिएको कार्योजनासमेत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सोही नगरपालिकाका मेयर रमण बहादुर थापा, सम्पूर्ण वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका नगर स्तरीय प्रमुख तथा प्रतिनिधि हरु र अन्य पेशा तथा व्यवसायमा आबद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको पहिलो चरणमा परिचय तथा दोश्रो चरणमा प्रहरी र जनता बीच समाजमा शान्ती तथा अमनचयन कायम गर्ने सवालमा हुनु पर्ने सहयोगात्मक भावना तथा दायित्वबारेमा बृहत अन्तर्कृया गरिएको थियो ।

कार्यक्रमका अवसरमा प्रमुख अतिथिलगायतका सहभागिहरुले समाजमा सुव्यवस्था कायम गर्न प्रहरीले खेल्नु पर्ने भूमिकाको विषयमा आ(आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम बिहान ०८:०० बजेदेखि करिब २ घण्टासम्म सञ्चालन भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.