काठमाडौं, असार २२ः अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो घोषणा गरेका हुन् ।
उनले ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गरे ।