अर्थमन्त्री यादवद्वारा सहकारीको उद्घाटन

रिपोर्ट नेपाल | 2021 Mar 14 | 12:41 pm 3197

  • महेश सिंह

सिरहा, चैत १ः सिरहाको सखुवानान्कारकटी ३ परिहार्पुर चौकमा जनक बचत तथा ऋण सहकारीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

सहकारीकी अध्यक्ष कविता कुमारी यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने, कार्यक्रमको प्रमुख अतिथिमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले रिबन र मैनवती बालेर सहकारीको उद्घाटन गरेका थिए ।

No description available.

मन्त्री यादवका अनुसार स्वतन्त्रता र समान्ताको सहकार्य हो भन्दै सहकारीको सिद्धान्त प्रति प्रकाश पारेका थिए ।

विशिष्ठ अतिथि सहकारी अभियानी धुर्व नारायण यादवका अनुसार सहकारीको काम संस्कृतिको बचाउने र अशा अपेक्षाको आपूर्तिको आवश्यकता पुरा गर्न सहकारीको जरुरी रहेको बताए । सन १९६० मा सहकारीको स्थापना भएको उनले बताए ।

सहकारीको मालिक भनेको कुनै एक ब्यक्ति हुदैन भन्दै शेयर केन्द्रित व्यवसायको रूपमा सहकारीलाई लिने गरेको बताए।

विशिष्ठ अतिथि पूर्व मन्त्री राजलाल यादवका अनुसार अहिलेको सहकारीहरु आमा बुबा बिहिन जस्तो भएको बताए। सहकारीमा रहेको बृकृत्रीलाई सुधार्न पनि उनले आग्रह गरेका थिए ।

जसपा नेपालका केन्द्रिय सदस्य राकेश झाका अनुसार सहकारीले प्रेरणा दाईको भूमिका खेलिरहेको उल्लेख गरेका थिए । सहकारी स्थानीयहरुको आँखा बन्न पुगेको बताए।

अतिथिहरुमा प्रदेश कमिटी सदस्य ललिता दास, प्रदेश नम्बर २ का खेलकुद संयोजक राजेश गुप्ता, सिरहा क्षेत्र नम्बर १ को जसपाका क्षेत्रीय सभापति परियाग लाल यादव, जसपाका जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ता, भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादव, जसपा लहान नगर अध्यक्ष दिनेश महतो , शत्रुधन मण्डल, राम सुफल यादव, विद्यार्थी नेता हरेराम यादव, मनोज यादव मन्जे नेतृ रिता साह।

नेपाल पत्रकार महासंहा सिरहा शाखाका सभापति दिनेश्वर गुप्ता, जसपाको युवा प्रभावशाली नेता राम चलितर महतो, रेडियो संगमका फिरोज शेख, नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, रेडियो नेपालका सम्बादाता संजय बिश्वक्रमा, नेपाल पोस्ट दैनिकका शम्भु चौधरी, अनुभक्त चौधरी ,सन्तोष यादव, मोहमद करिम, शिव राम महरा, मधेस आन्दोलनमा सहिद भएका सहिदको बुवा बालेश्वर सदा, ईलाका प्रहरी कार्यालयको इन्चार्ज चन्देश्वर महतो,सखुवानान्कारकटी गाउँपालिका ३ का अध्यक्ष महेन्द्र प्रसाद यादव लगायतका उपस्थिति रहेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.