काठमाडौं, असार २ : विश्वकप २०१८ मा अर्जेन्टिना र आइसल्याण्डबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । पहिलो हाफमा गरेका दुवै टिमले दोस्रो हाफमा कुनै गोल गर्न सकेन ।
अर्जेन्टिना आक्रमक बन्दा आइसल्याण्ड भने रक्षात्मक अवस्थामा नै रह्यो । अर्जेन्टिका स्टार लियोनल मेस्सीले खासै राम्रो पर्दशन गर्न सकेनन्।
खेलमा पहलो गरेको अर्जेन्टिनाका लागि जर्सी नम्बर १९ का सेर्गियो अग्युइरोले खेलको १९ औं मिनेटमा गोल गरेको हुन् ।
आइसल्याण्डले चार मिनेटको अन्तरालमा अर्जेन्टिनाविरुद्ध जवाफी गोल फर्काएका हो । आइसल्याण्डका लागि जर्सी नम्बर ११ का खेलाडी अल्फ्रेड फिनेनबोगासनले गोल २३ औं मिनेटमा गोल गरेका हुन् ।
पहिलो खेलमा ७८ प्रतिशत बल अर्जेन्टिको खुट्टामा रह्यो भने २२ प्रतिश आइसल्याण्डको खुट्टामा रह्यो ।
खेलमा १५ फल आइसल्याण्डले गरेको छ भने १० फल अर्जेन्टिनाले गरेको छ ।