अर्घाखाँचीमा मकै छर्नको लागि गोरु र श्रमिकको अभाव

| 2023 May 09 | 07:31 am 1133

अर्घाखाँची, बैशाख २६ः पहाडी जिल्ला अर्घाखाँचीमा मकै छर्नको लागि गोरु र श्रमिकको अभाव भएको छ ।यहाँ चैत्र बाट मकै छर्न सुरु भएता पनि यस वर्ष समयमा वर्षा नहुँदा अधिकामशले वैशाखको १६ पछि मकै छर्न सुरु गरेका हुन ।पछिल्लो समय यहाँको अधिकामश युवा पुस्ता रोजगारीको लागि विदेशीएपछि ग्रामीण बस्तीहरूमा वृद्धवृद्धा मात्र बसोबास गर्ने गरेको पाइन्छ ।

यसले गर्दा पनि मकै छर्ने क्रममा श्रमिकको अभाव भएको छ ,भने पाका उमेर समुहकाले यस अघि अधिकामश घरमा न्युनतम एक हल गोरु पालेका थिए । उमेर अवस्थाले पनि वृद्धवृद्धाहरुलाई गोरु पाल्न अप्ठारो भएको छ ।

मालारानी ५ बाँगी कुझेरी र पलासपाटामा यस अघि न्युनतम १५ हल गोरु पालेको थिए ।आज ति बस्तीमा जनतनह ५ हल गोरु पालेको पाइन्छ । हुन त केही ठाउँमा जोत्नको लागि सहज होस भनेर हाते ट्याक्टर पनि भित्रिएका भएता पनि पहाडी भुभागमा समथर बारी नहुँदा ति ठाँउमा हाते ट्याक्टरको पहुँच पुगेको छैन । जनक महत (नाम परिवर्तन)उहाँको घरमा एक गोरु र छिमेकीको घरमा एक गोरु गरि एक हल (जोडा)गोरु पालिएको छ ।

उनको मकै छर्ने बारी पनि धेरै छ ।शनिबार बिहान ५ बजेको कुरा हो । उनको घरमा गोरु चाहियो २ दिनमा बारी सुक्ने भयो भनेर छिमेकी गाउँका एक विद्यालयमा पढाउने शिक्षक बिहान जनक (नाम परिवर्तन)को घरमा आएर जसरी हुन्छ ।गोरु चाहियो भनेर नारायण भुसाल(नाम परिवर्तन)गरको शिक्षक आएर गोरु चाहियो भनेर भने तर ति कृषकले आफ्नै बारी जोत्न छ भनेपछि फर्किए ।ति शिक्षले पहिले आफ्नै घरमा गोरु पाल्दै आएका थिए ।ति शिक्षक मात्र नभइ उनी कृषक संग सोहि दिन सात ठाँउमा गोरु चाहियो भनेर सम्पर्क गरे तर जनकले आफ्नो बारी जोत्नको समय लाग्यो ।

जिल्लामा १६ हजार ५सय हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । जसबाट करिव ४हजार मेक्टीकटन मकै उत्पादन हुने सुचना अधिकारी महेन्द्र ओझाले बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.