ललितपुर, फागुन १६: बिहीबार दिउँसो १ वजेको समयमा ललितपुर महानगरपालिका वडा नं २५ भैसेपाटी महिला घर स्थित रहेको हेम खत्रीको घर कम्पाउण्ड तथा घरकोठा भित्र केही महिलाहरु अनाधिकृत रुपमा प्रवेश गरी घर कम्पाउण्ड तथा कोठा भित्र रहेको टेवुल, गमला लगायतको धनमालहरु तोडफोड गरी क्षति पुर्याउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा चरिकोट घर भई हाल कामनपा वडा नं ८ बस्ने २५ वर्षीया गोमा केसी, बारा निजगढ घर भई कामनपा वडा नं ७ रातोपुल बस्ने ४० वर्षीया माला साह, मोरङ्ग उर्लावारी घर भई कामनपा वडा नं ८ मित्रपार्क बस्ने ४५ वर्षीया रुपा घिसिङ्ग र ललितपुर मानपा वडा नंं २५ भैसेपाटी बस्ने ३५ वर्षीया शोभा खड्का रहेका छन् ।
उनीहरुलई उक्त कार्य गरीरहेका छन् भन्ने सुचनाको आधारमा तत्काल महानगरीय प्रहरी प्रभाग बुंगमती ललितपुरवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार महिलाहरुलाई त्यस्तो गतिविधी नगर्न भनि सम्झाई बुझाई गर्दा उल्टै झन् आक्रोशित भई प्रहरी टोली समेतलाई जथाभावी वोली अभद्र व्यबहार गरी काम कर्तव्य समेतमा वाधा अवरोध पुर्याएकोले उनीहरुलाई नियन्त्रणमा लिइ अभद्र व्यबहार मुद्धामा थप अनुसन्धान भईरहेको बताइएको छ ।