भक्तपुर, वैशाख १७: सुर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिनचोकस्थित अरनिको रिर्सोटमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पनौती नगरपालिका १ का ३१ वर्षीय शिवहरी सापकोटा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
रिर्सोटको कोठा बुक गरेर बसेका उनी कोठाको चुकुल लगाई सोमबार विहान ढिला समय सम्म नउठेकोले होटल संचालकले गई बोलाउँदा केही नबोले पछि प्रहरीलाई जानकारी गराईएको थियो ।
१५ गते विहानदेखि कोठा लिई बसेका सापकोटाले आफु बसेको कोठाको चुकुल लगाई १६ गते विहान ढिला समयसम्म नउठेकोले होटल सञ्चालकले गई बोलाउँदा केही नबोलेको भनि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा उजुरी गरेपछि तत्कालै घटनास्थलमा वृत्त जगातीबाटै प्रहरी अधिकृत सहितको टोलीले गई हेर्दा घटनास्थलमा लाश र लाश नजिकै रहेको विषादीको प्रयोग भएको जस्तो बट्टा फेला परेकोमा प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसरका सूचना अधिकृत डिएसपी रेवतिरमण पोखरेलले जानकारी दिए ।