अमेरीका, क्यानडा पठाउने भनी बिभिन्न प्रलोभन देखाउदैँ मानव बेचविखन गर्ने एक पक्राउ

| 2018 Jun 03 | 07:50 pm 3232

काठमाडाैं २० जेठ : मानब बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । शनिबार काठमाडौंकाे पुतलीसडकबाट ४१ वर्ष राजु भन्ने जेसन श्रीसलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थाई घर बाग्लुङ, रिगा गाउँपालीका-११ गल्कोट घर भई हाल काठमाडौं, बानियाटार बस्दै आएका जेसन श्रीसले अमेरिका तथा क्यानडा पठाउने भन्दै विभिन्न प्रलोभनमा पारी  मानव वेचविखान गर्दै आएका थिए ।

अमेरिका तथा क्यानडामा आकर्षक काममा लगाइदिने प्रलोभनमा पारी जेसन श्रीसले ६ जनालाई ‘टोगो’मा पुर्‍याईका थिए । उनले ६ जना नेपालीलाई भारत, सिंगापुर, मलेसिया, थाईल्यान्ड , नाईजेरीया हुँदै अफ्रिकन देश ‘टोगो’मा पुर्‍याएर ७ महिना सम्म अलपत्र पारेका थिए ।

अलपत्र पारेकाहरु दूतावासको सहयोगमा उद्धार भई नेपाल फिर्ता भएका थिए । नेपाल फिर्ता भएपछि पीडितहरूले २०७४/ १२/१९ गते सामूहिक निवेदन दिएका थिए ।  निवेदन दिएकाे  दुर्इ मिहनापछि  प्रहरीले  श्रीसलाई  पक्राउ गरेको हो ।  मानव बेचबिखन तथा ओसार पसार मुद्दामा सम्मानित जिल्ला अदालत काठमाण्डौंबाट ७ दिनको म्यादथप भई अनुसन्धान जारी रहेको ।

मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ ९१० (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना व्यवस्था रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.