अमेरीकामा १८ नेपाली पक्राउ गरि जेलमा एक्लाएक्लै राखियो

रिपोर्ट नेपाल | 2018 Jun 20 | 04:48 pm 2838

बेइजिङ, असार ६ : ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाई गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको छ । अधिकारवादी संघसंस्थाहरुका अनुसार उनीहरुलाई ओरेगनको एउटा कारागारमा राखिएको छ ।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ ।

त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य९अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

सो संस्थाले ‘इनोभेसन ल ल्याब’ नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ ।

एउटा प्रेस विज्ञप्तिमा ‘एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन’ले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई बञ्चित गरिएको छ ।

उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुव्र्यवहार हुन सक्ने अवस्था छ । (बिबिसिको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.