अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

रिपोर्ट नेपाल | 2018 Jun 02 | 03:06 pm 3426

वासिङटन, १९ जेठ :अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख गरिएको छ । अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ ।

“मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,” प्रतिवेदनमा लेखिएको छ । सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ । रासस/सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.