अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग

रिपोर्ट नेपाल | 2019 Dec 19 | 09:29 am 2355

वाशिंगटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाइएको छ । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ् रिप्रिजेन्टेटिभ्स’ ले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाएको हो ।

हाउस अफ् रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै महाभियोगको पक्षमा मतदान गरेको हो ।

तल्लो सदनमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २ सय ३० र विपक्षमा १ सय ९७ मत खसेको थियो ।सबै सांसदले पार्टीको लाइनअनुसार नै मतदान गरेका छन् ।

डेमोक्रेटिक पार्टीका सांसदले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउनु पर्छ भन्ने पक्षमा मतदान गरेका छन् । त्यस्तै रिपब्लिकन पार्टीका सांसदले महाभियोगको विपक्षमा मतदान गरेका छन् ।

त्यस्तै महाभियोगको दोस्रो आरोपको रुपमा रहेको सदन अवरुद्ध गरेको विषयमा अब राष्ट्रपति ट्रम्पविरुद्ध नै मतदान भएको छ ।ट्रम्पले सदन अवरुद्ध गरे भन्नेमा पनि २ सय ३० मत र त्यसको विपक्षमा १ सय ९७ मत खसेको छ ।

तर अमेरिकी इतिहासमा महाभियोग लगाइने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् । यसअघि एन्ड्रयू जोनसन र बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए । उनीहरुले सदनले महाभियोग प्रस्ताव पारित नगर्दै पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.