अमेरिकी राजदूतमा डा खतिवडा नियुक्त

रिपोर्ट नेपाल | 2020 Dec 23 | 08:49 am 3237

काठमाडौं, पुस ८: राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।

राष्ट्रपतिले मङ्गलबार डा खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेकाे छ। यसअघि डा खतिवडा राष्ट्रिय सभाको सदस्य भई वर्तमान सरकारमा अर्थमन्त्रीसमेत बने। साथै, उनले केही समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।

वित्तीय अर्थशास्त्रमा विद्यावारिधि गरेका डा खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कको गर्भनर भइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.