अमेरिका र कोष्टारिकाको १३ दिने भ्रमणपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता

| 2018 Oct 04 | 04:21 pm 2946

काठमाडौं, असोज १८ :  संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली १३ दिनपछि आज दिउँसो ४ बजे स्वदेश फिर्ता भएका हुन् ।

गत असोज ६ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओलीले असोज ११ गते संयुक्त राष्ट्रसंको ७३औं महासभालाई सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक बिकास अन्य मुलुकका लागि उत्कृष्ट उदाहरण बन्ने धारणा व्यक्त गरेका थिए ।

त्यसअघि एशिया सोसाइटीको कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपीलसमेत गरेका थिए । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेजा मे लगायत विश्वका उच्च राजनीतिज्ञहरुसँग भेटवार्ता गरेका थिए ।

महासभा सकिएपछि प्रधानमन्त्री ओली कोष्टारिकाको चार दिने औपचारिक भ्रमण पनि गएका थिए । सन् १९७७ मा दौत्य सम्बन्ध स्थापना भएपछि नेपालका उच्च अधिकारीले कोष्टारिका भ्रमण गरेको यो नै पहिलो पटक थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.