अमेरिकामा अन्धाधुन्ध गोली चल्‍दा ११ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 28 | 08:21 am 2334

संयुक्त राज्य- अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग इलाकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।

ती बन्दुकधारी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । ती बन्धुकधारीको परिचय भने खुलाइएको छैन, यद्यपी अमेरिकी सञ्चार माध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको उल्लेख गरेका छन् ।

यो घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ ।

ट्री अफ लाइफको आधिकारीक वेबसाइटका अनुसार जतिबेला हमला भएको थियो त्यतिबेला त्यहाँ प्रार्थना चलिरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.