अमेरिकाबाट पार्सलमा ३ के.जी. २ सय ३९ ग्राम गाँजा

| 2023 Sep 17 | 02:51 pm 1005

 र खैरो हेरोईन २६८.२१० ग्राम सहित ४ जना मानिस पक्राउ ।

काठमाडाैं, भदाै ३१ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार मार्फत विरगंज र पोखरा पठाईएको लागु औषध गाँजा सहित कारोबार गर्ने व्यक्तिहरुलाई लागु औषध नियन्त्रण व्यूरो, कोटेश्वरले पक्राउ गरेको छ । उनीहरुलाई व्यूरोले कन्ट्रोल डेलिभरीको क्रममा पक्राउ गरेको हो ।

अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्लीबजार, काठमाडाैं मार्फत जिल्ला हुलाक कार्यालय बिरगंजमा प्राप्त हुने गरी पठाईएको कार्टुन शंका लागी चेक जाँच गर्दा ९०० ग्राम अवैध लागु औषध गाँजा र उक्त कार्टुन लिन आउने व्यक्तिहरु  पर्सा, बिरगंज महानगरपालिका १६ बस्ने बर्ष ३२ को डल्लु राम र बर्ष ४३ को हविव मियालाई पर्सा, बिरगंज  ८ जिल्ला हुलाक कार्यालयबाट पक्राउ गरेको व्यूरोले जनाएको छ ।

त्यस्तै २४ गते अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्ली बजार मार्फत जिल्ला हुलाक कार्यालय पोखरामा पठाईएको पार्सलमा १ के.जी. ४०० ग्राम गाँजा भेटिएको छ। पार्सल लिन आउने भारतीय नागरिक बर्ष २४ को एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ।

गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ। उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.