अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसकाे निधन

रिपोर्ट नेपाल | 2018 Dec 01 | 12:51 pm 3170

काठमाडाैं, मंसिर १५ : अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ ।

रगतमा देखिएको समस्याले अस्पताल भर्ना गरिएका बुशको गएराति निधन भएको हो । यसअघि बुशकी पत्नी बारबराको पनि गत सातामात्रै निधन भएको थियो ।

उनका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुश सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति रहेका थिए ।

उनको निधन प्रति अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको बताएका छन् । पूर्व राष्ट्रपति बुशको निधनको खबर पछि विश्व भरका नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.