काठमाडौं, जेठ २१: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकलार्इ भ्रष्ट्राचार निर्मुल पार्न उद्देश्यका साथ अघि बढेको बताउँदै अब सब ‘फेयर’ हुनुपर्ने बताएका छन् ।
सोमबारको प्रदेश नम्बर तीनको प्रदेश सभा बैठकलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको भ्रष्ट्राचार र अनियमितता सरकारलार्इ सह्य नहुने भएकोले सब कुरा ‘फेयर’ हुनपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मुलुकमा जनताको सरकार भएकोले हरेक अनियमितताको विरुद्ध सरकारले अभियान थालिसकेकोले कुनै पनि प्रकारको गलत र राष्ट्रहित विपरितका क्रियाकलाप कहिकतै भएको थाहा पाउने वित्तिकै सरकार तथा सम्बन्धित निकायलार्इ खबर गर्न समेत आग्रह गरेका छन् ।
फरक प्रसंगमा बोल्दै ओलीले कुनै पनि नेपाली भिखमंगा हुनुनपर्ने बताए । उनले भने, ‘हाम्रा निति तथा प्रणालीमा त्यस्तो कुनै व्यवस्था छैन जहाँ कुनै नेपाली भोकै मर्न र नाङ्गो बस्नु परोस् । तरार्इमा बाढी आउँदा हजार रुपैयाँ क्षती हुने गरेको प्रसंग स्मरण गर्दै ओलीले भने, ‘क्षती के त भन्दा बाँसको चोयाको घरको हिसाब हुन्छ , अरु केही छैन त के क्षती हुने ? यो अत्यन्तै दर्दनाक अवस्था हो ।’
सरकारले मुलुकलार्इ लोडसेडिङमुक्त बनाउने काम गरेको, विद्यालय बाहिर बसेका विध्यार्थीलार्इ विधालय शिक्षामा ल्याउन अभियान सुरु गरेको बताए । सरकार रोजगारीका अवसर सिर्जना गर्ने र आफ्नै मुलुकका उत्पादन गर्ने जसका लागि उद्योग क्षेत्रमा सरकारको लगानी रहने बताए ।
उनले भने, ‘अहिलेको दुनियाँमा व्यवस्थापन मात्रै गर्न सकियो भने समृद्ध बन्न सकिन्छ । क्यानडामा आँप मात्रै पठाउने हो भने र खाडी मुलुकमा सागसब्जी मात्रै पठाउने भने सम्पन्न बन्न सकिन्छ ।