काठमाडौं, २४ जेठ : अब नेपाल प्रहरीमा पाँच जना र सशस्त्र प्रहरीमा तीन जना मात्र अतिरिक्त महानिरीक्षक (एआईजी) हुने भएको छ । संघीय प्रहरी ऐनको मस्यौदामाथि भएको छलफलमा प्रहरीमा ५ र सशस्त्र प्रहरीमा ३ एआईजी राख्ने निर्णय निर्ण गरेको हो ।
यो निर्णयसँगै प्रदेश प्रहरीको नेतृत्व एआईजीले नगर्ने भएका छन् । अब प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन् । राजनीतिक नेतृत्वको भागवण्डा मिलाउने क्रममा कुनै समय प्राविधिकसहित १६ जनासम्म पुगेको थियो ।
यसअघि एक समय ७ वटै प्रदेशमा कमाण्डको जिम्मेवारी एआईजीलाई दिइएको थियो । तर, प्रदेश सरकारको मन्त्रालयमा प्रथम श्रेणीका सह(सचिव खटाउने निर्णय भएसँगै वरियता मिलाउनका लागि प्रदेश मन्त्रालय बन्नासाथ एआईजीहरुको दरबन्दी स्वतः फाजिल हुने निर्णय गरिएको थियो ।