अब प्रधानमन्त्री जनजाति, महिला र दलित बन्नेछन्ः अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल | 2019 Nov 28 | 07:21 am 1471

काठमाडौं, मंसिर १२: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

नेकपा निर्वाचन परिचालन कमिटी धरानले बुधबार आयोजना गरेको चुनावी सभामा सम्बोधान गर्दै उनले काँग्रेसले नेकपालाई बदनाम गराए आफैँ सकिने बताए।

नेपालको विकास कम्युनिष्टले गर्छ । अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन् , पूर्वप्रधानमन्त्री दाहालले भने, हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौं । अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।

सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतका नेताले चुनावी प्रचार प्रसारलाई सम्बोधान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.