अब दशैंबाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट साट्न सकिने, कुन कुन चाडमा पाइन्छ ?

रिपोर्ट नेपाल | 2018 Nov 12 | 05:50 pm 2655

काठमाडौं, कात्तिक २६  :  अब नेपाल राष्ट्र बैंकले दशैंबाहेक अन्य चाडपर्वको बेलामा पनि नयाँ नोट साट्ने व्यवस्था लागू गर्ने भएको छ । बैंकले सोमबार सूचना जारी गर्दै दशैं बाहेक अन्य पर्वमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको जनाएको हो ।

दशैंसँगै नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, जितिया पर्व, योमरी पुन्ही ज्यापु दिवस, ल्होसार, क्रिसमस, माघी पर्व, महाशिवरात्री, घोडे जात्रा, इद लगायतका राष्ट्रिय पर्वमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

देशका विभिन्न जातजाती र भाषा भाषीले मनाउने चाडवाड तथा राष्ट्रिय दिवसमा नोट सटही गर्न पाइनेछ । सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट साट्नका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली लगायत उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकको कार्यालयहरु विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज र धनगढीबाट पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.