अब कोरिया जान अंक प्रणाली, भाषा कमजोर हुनेलाई पनि मौका

रिपोर्ट नेपाल | 2018 Jun 01 | 11:02 am 1715

काठमाडौं, १८ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस)प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न जानेहरुलाई अब सीप दक्षताको परीक्षण पनि गरिने भएको छ ।

सन् २०१९ देखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनौट प्रक्रियामा “अंक प्रणाली“ भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संसाधन विकास (एचआरडी)कोरियाले जनाएको छ । अंक प्रणाली भन्नाले तीन तहमा परीक्षा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् कार्य दक्षताको मूल्यांकन गरिने छ । दुवै चरणबाट पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनौट गर्दै आएका थिए ।

अब कामदारको शारीरिक अवस्था, सीपकोस्तर, सम्बन्धित कामको अनुभव जस्ता विषयमा पनि मूल्यांकन गरिने छ । कोरियन भाषामा केही कमजोर भएता पनि अरु क्षमता भएका इमान्दार व्यक्तिलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने एचआरडीले जनाएको छ ।

एचआरडी कोरियाले विदेशी कामदार ल्याउने इपिएस प्रणाली लागू गरेको १६ देशमध्ये अंक प्रणाली प्रायः सबै देशमा लागू गरिसकेता पनि नेपालमा गएको महाभूकम्पका कारण २०१९ सालदेखि लागू गर्न लागेको हो । काठमाडौंमा निमार्णाधीन सिविटी भवन तत्काल सम्पन्न भएमा हालको परीक्षा प्रणाली पेपर बेस्ट परीक्षा ९पिविटी० बाट कम्प्युटरमा आधारित परीक्षा (सिविटी) प्रणालीमार्फत परीक्षा लिइने पनि जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.