काठमाडौं, साउन १५ः देशका विभिन्न नाका भएर उपत्यका आउने यात्रु तथा विभिन्न स्थानमा कोरोना संक्रमण अत्यधिक रुपामा भेटिन थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। यसबारे गृह मन्त्रालयले बिहीबार सूचना जारी गरी उल्लेख गरेको छ।
आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध लगाइएको बताइएको छ। उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि बिहीबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वाब संकलन गरिएको थियो।
विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि मन्त्रालयले ती नाकाहरुमा कडाइ साथ स्वाब संकलन गरिरहेको छ। केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएपछि गृहमन्त्रालयले राति काठमाडौं छिर्न निषेध गरेको हो।
