अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने १४ वटा सवारी साधनहरु नियन्त्रणमा

रिपोर्ट नेपाल | 2021 Oct 06 | 08:56 am 2153

तनहुँ, असाेज २०ः अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने १४ वटा सवारी साधन प्रहरीले  नियन्त्रणमा लिएकाे छ । मंगलबार बिहान तनहुँ व्यास
नगरपालिका वडा नं.५ चापाघाट स्थितमा रहेको मादी नदी किनारको निषेधित एरियाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् एवं ओसारपसारमा संलग्न रहेका सवारी साधन नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रण लिएका सवारी साधनमा १ त ६५६९,ग १ त ५९५८, ग १ त ४६२१, लु ३ त २१९०, ग १ त ४०१८, ग १ त ४४८८, ग १ त ५१६८,
ग १ त ३९२७, ना ५ त ३९१४, ग १ त ५७३३, ग १ त ४८९०, ग १ त ५३९५, ग १ त ३१९४ र ग १ त २६३० नं. को ट्याक्टरहरु छन् ।

प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई व्यास नगरपालिकाको कार्यालय तनहुँमा पठाइएकोमा उक्त कार्यालयबाट बालुवा लोड भएका ३ ट्याक्टरहरुलाई प्रति ट्याक्टर रु. ८ हजारका दरले जम्मा रु. २४ हजार र अन्य ११ वटा ट्याक्टरहरुलाई प्रति ट्याक्टर रु. ४ हजारका दरले जम्मा रु. ४४ हजार गरी एकमुष्ट जम्मा रु. ६८ हजार जरिवाना भएको तनहुँ प्रहरीले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.