अबैधानिक गोलिया काठ बरामद

रिपोर्ट नेपाल | 2018 Jun 19 | 03:34 pm 4373

बाँके, असार ५ : बाँके जिल्लाको खजुरामा लुकाइछिपाइ राखेको अवस्थामा सालको ३३ गोलिया काठ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयले गएराति गरेको संयुक्त छानबिनमा सो काठ बरामद गरेको हो ।

खजुरा गाउँपालिका वडा नं १ वीरपुरमा इन्द्र मल्लको बगैँचामा राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खोजी गर्दा ती काठ लुकाइ राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भएको काठ करिब २२० देखि २३० क्युफिटका ३३ थान गोलिया काठ छन् । काठको बरामदी मुचुल्कासहित कारबाहीका लागि प्रहरीले जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.