काठमाडौं, असार २९ः सम्भवत अबको राजनैतिक परिदृष्यमा प्रधानमन्त्रीमा देउवा हुने पक्का भएपछि राष्ट्रपति पदमा माधव नेपाललाई लैजान अहिलेसम्मका विपक्षी ५ दलीय गठबन्धन तयार भएको कुरा बुझिएको छ ।
नीति, सिद्धान्त, विधि, विधान र अनैतिक हुन र कार्य गर्न गराउनबाट सधै अलग रही पृथक पृष्ठभूमि बनाएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई राष्ट्रपति बनाइएमा राष्ट्रको इज्जत प्रतिष्ठा नै बढ्ने कुरा आम बौद्धिक वर्गले औल्याएका छन् ।
यदि माधव नेपाललाई राष्ट्रपति बनाइएमा केपी ओली र उनको गुट बाहेक सम्पूर्ण राजनैतिक पार्टी, बुद्धिजीवी, कानुनविद्, नागरिक समाज सर्वत्रबाट स्वागत हुने कुरा पनि स्वतन्त्र पर्यवेक्षकहरुले औल्याउन थालेका छन् ।