काठमाडौं, भदौ २२ः युट्युव च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको छ भनेर अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तेहथुम स्थायी घर भई हाल ललितपुर महानगरपालिका १४ नक्खिपोट बस्ने ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन् ।
उनले कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता समाजमा उत्तेजना फैलाउने,आम सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएका थिए ।
उनी आफूलाई प्राकृतिक डाक्टर भन्ने विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरी सार्बजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।
लिम्बुलाई सोमबार ललितपुर नक्खिपोटबाट पक्राउ गरी प्रहरी परिसर ललितपुर पठाईएको साथै अन्य थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।