अफगानिस्तानका सुरक्षाकर्मी र आतंकबादी सँगै ईद मनाए

रिपोर्ट नेपाल | 2018 Jun 17 | 10:11 am 2640

काठमाडौं, ३ असार  : अफगानिस्तानका सुरक्षाकर्मी र आतंकबादी संगठन तालिवानका लडाकुले सँगै ईद मनाएको कुरा बाहिरिएपछि राष्ट्रसंघले स्वागत गरेको छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुले अफगानी सुरक्षाकर्मीसँग अंकमाल गर्दै ईद मनाएका थिए । ईदलाई मध्यनजर गर्दै अफगानिस्तान सरकार र तालिवान लडाकुले युद्धविरामको घोषणा गरेका थिए ।

शनिबार ईद मनाउँदै गर्दा अफगानी सेना र तालिवानबीचको सौहार्द व्यवहारले युद्धविरामतर्फ अग्रसर हुनुपर्ने राष्ट्रसंघले समेत सुझाव दिएको छ ।

उता, राष्ट्रपति असरफ गानीले समेत युद्धविराम लम्बाउन तालिबानसँग माग गरेका छन् । उता, राष्ट्रपति गनीले ईदको अवसरमा भएको संघर्षबिरामपछि स्थायी शान्तिका लागि कदम बढाउन चाहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.