अप्राकृतिक मैथुन गर्ने बाल यौन दुराचारी पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 13 | 07:01 pm 2942

काठमाडौं, चैत ३० काठमाडौं महानगरपालिका १७ ठमेल भगवतिस्थानस्थित एक होटेलबाट बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गर्ने बाल यौन दुराचारी ६९ वर्षीय फ्रान्सेली नागरिक Georges, Igor Simansky लाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरी नेपाली बालकहरूलाई पीडित बनाउने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले उक्त होटलमा उनलाई आपत्तीजनक अवस्थामा नेपाली बालकसँग सुतिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको ब्यूरोले जानकारी दिए ।

बालकलाई प्रहरीले उद्दार गरि आफन्तको जिम्मा लगाएको छ भने पक्राउ परेका फ्रान्सेली नागरिकलाई बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.