अपाङ्गलाई राहत सहयोग गर्न नडेगा पुगेका नेता चौधरीलाई स्थानीयद्धारा स्वागत

रिपोर्ट नेपाल | 2021 Sep 13 | 12:57 pm 473

  • महेश सिंह

सिरहा, भदौ २८ः स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिस्ठान लहानद्धारा लहान नगरपालीका वडा नम्बर १९ स्थित नडेगामा ३० जना अपाङ्ग, अशक्त ब्यक्तिहरुलाई नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी महेश चौधरीले राज्यबाट अपहेलित समुदायलाई सहयोग गर्न लहान १९ पुगेका थिए ।

No description available.

नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने चर्चा ब्यापक रूपमा हुन् लाग्दा राज्यबाट सोसित अपहेलित र न्यायको लागि दमनमा परेका समुदायले नेता चौधरीले आउने चुनावमा लहान नगरपालीकाको मेयर बन्छ भने कुरा दलित र गरीबहरुले सुन्दा खुशी व्यक्त गरेका छन्।

कोरोना कालदेखि नै राहत सहयोग गरेर एक्कासी चर्चा बटुलेका नेता चौधरीले समाजसेवा गर्दा गर्दै जिबन साथी तथा श्रीमती गुमाएका थिए।

No description available.

नेता चौधरी र स्वर्गीय संगिता कर्माचार्यकी अन्तिम सपना पनि समाज सेवा नै रहेको थियो।ज्यानको प्रवाह नगरी कोरोना जस्तो महामारीमा राहत सहयोग गर्न गरीब र दिन दुःखीको लागि घर घर पुगेर राहत सहयोग गरेका थिए। समाज सेवामा लागेका नेता चौधरीले निरन्तर सहयोगमा होमिएका छन्। समाज सेवा गर्दा गर्दै नजिकका दुई जना गुमाएको कुरा पत्रकारसंग सुनाएका थिए।

No description available.

नेता चौधरीले अशक्त, अपाङ्गहरुलाई राहत दिन लहान नगरपालीका १९ नडेगा पुगेका चौधरीलाई स्थानीय शत्रुधन महतो, प्रदीप नारायण महतो, आरती सिंह लगायतका ब्यक्तिहरुले चौधरीसंग राहत लिएर गएका ब्यक्तिहरुलाई फुलको माला अबिरको टिका र गम्छा लगाएर सम्मान गरेका थिए।

No description available.

विभिन्न राजनीति दलका ब्यक्तिहरुले नेता चौधरीलाई सहयोग गरेका थिए। राहतमा चामल, दाल, नुन, तेल लगायतका सामाग्री सहयोग गरेका थिए । अशक्तहरुले राहत पाउदै खुशी ब्यक्त गरेका थिए। उक्त कार्यक्रममा सिरहाको दर्जनौं पत्रकारहरुको सहभागीता रहेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.