अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 05 | 07:53 am 309

सप्तरी, माघ २२।  अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी खड्क नगरपालिका-५ खोजपुर बस्ने  ५० वर्षीय शुभ नारायण ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरीको २०७५ जेठ ३० गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका शुभ नारायणलाई अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला  अदालत सप्तरीमा उपस्थित गराइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.