अपराध न्यूनिकरण गर्ने प्रमुख चुनौती प्रहरीलार्इ

रिपोर्ट नेपाल | 2018 Jun 04 | 07:12 pm 2815

लमजुङ,  २१ जेठ :  डीआइजी दानसिंह बोहराले अपराध न्यूनिकरण गर्ने प्रमुख चुनौती प्रहरीमा आएको बताएका छन् । मजुङमा प्रहरी अधिकृत तथा जवानलाई सोमबार सम्बोधन गर्दै समाजमा जर्बजस्ती करणी, महिला हिंसा, लागुऔषध दुर्व्यसनी, सुन तस्करी, चोरीडकैंती, लुटपाट जस्ता अपराधको बढेकाले न्यूनिकरण गर्ने प्रमुख चुनौती आएको बताएका हुन् ।

प्रहरीको प्रदेश नं ४ का प्रमुख समेत रहेका उनले अपराध न्यूनीकरण गर्न मसिनो गरी लाग्न मातहातका प्रहरीलाई निर्देशन समेत दिएका छन् । बढ्दो अपराधलाई न्यूनीकरण गर्ने हिसावले हामी अघि बढेनौं भने हाम्रो साख गुम्छ’ उनले भने, ‘अपराधलाई निर्मूल पार्ने हिसाबले काम गर्नुस् ।’ प्रहरीले आफ्नो आचरण सुधार गर्नुपर्ने देखिएको उनले बताए । ‘नागरिकमा प्रहरीको आचरणबाट कुरा उठ्न दिनु हुँदैन,’ ।

गृहमन्त्रालयले जारी गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्यायोजना र प्रहरी महानिरीक्षकले जारी गरेको १० बुँदे कार्ययोजनालाई मसिनो गरी कार्यान्वयनमा लाग्ने उनले प्रहरी अधिकृतलाई निर्देशन दिए । उनले प्रहरीसँग नागरिकको धेरै अपेक्षा रहेको बताए । ‘जनताले प्रहरीलाई भरोसाको केन्द्रबिन्दु मानेका छन् । नागरिकलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा राख्ने प्रहरीको पहिलो जिम्मेवारी हो, । ’

उनले भने । जनताको अपेक्षा अनुसार काम गर्न नसकिए प्रहरीको छवि धमिलो हुने उनले बताए । ‘आचरण विगारेर काम गरेमा जनताले विश्वास गर्दैनन्’ उनले भने । अपराध नियन्त्रण गर्न, अनुसन्धान गर्न र पीडितलाई न्याय दिलाउने कार्यप्रति कुनै पनि सम्झौता नगर्न उनले आग्रह गरे । मानवअधिकारको रक्षा गर्न, दैवीप्रकोपमा परेकालाई उद्धार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रहरीलाई उनले निर्देशन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.