काठमाडौं, जेठ ३० : साढे ३३ किलोसँगै तस्करीको ३८ क्विन्टन सुन प्रकरणको छानबिन समितिले काठमाडौंस्थित बाजेको सेकुवाकाे आउटलेजमा सिलबन्दी सिलबन्दी गरेको छ । सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का मामा नाता पर्ने चेतन भनिने चेतनाथ भण्डारीले सञ्चालन गर्ने ६ वटा सेकुवा कर्नरमा सुन प्रकरणको छानबिन समितिले बुधवार सिलबन्दी गरेको हो ।
काठमाडौंको १० वटा आउटलेज मध्ये ६ वटा सेकुवामा सिलबन्दी गरिएको अनुसन्धान टोलीका सदस्यले जानकारी दिए। समितिले काठमाडौंको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लविम मल लगायतमा सिल गरेको हो । बुधबार समितिले प्रतिवादी चेतनाथ भण्डारीक सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको थियाे ।
गत चैतमा सुन तस्करीको अनुसन्धान समितिले काम थालेपछि भण्डारी पनि फरार भएका छन् । सुन प्रकरणमा बाजेको सेकुवाका संचालक भण्डारीलाई प्रहरीले खोजी गरिरहेको छ।
जिल्ला अदालत मोरङमा दायर मुद्दामा भण्डारीलाई प्रतिवादी बनाएको छ। भण्डारी सुन तस्करीका नाइके भनिएका चुँडामणि उप्रेती गोरेका नातेदार हुन् ।