अन्तिममा ब्राजिलको जित

रिपोर्ट नेपाल | 2018 Jun 11 | 06:49 am 2716

एजेन्सी: ब्राजिलले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको छ ।

ग्याब्रियल जेसस, नेयमार र फिलिपे काउटिन्होले गोल गर्दा ब्राजिलले पछिल्लो सात खेलमा अपराजित रहेको अष्ट्रियामाथि ३–० को जित निश्चित गरेको हो ।

जिससले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको खेलमा नेयमारले ६३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको अन्तिम गोल कोटिन्होले ६९औं मिनेटमा गरेका थिए ।

विश्वकपमा छनोट हुन नसकेको अष्ट्रियाले यस अघिको मैत्रिपूर्ण खेलमा विश्व च्याम्पियन जर्मनीमाथि पनि २–१ को जित निकालेको थियो । त्यसअघि उसले रसियालाई पनि १–० ले हराएको थियो ।

पछिल्ला सात खेलमा अपराजित रहेको अष्ट्रियाले कुनै पनि गोल गर्न सकेन । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले यसपटकको विश्वकपको पहिलो खेल जुन १७ अर्थात असार ३ गते तारिखमा स्वीट्जरल्याण्सँग खेल्दैछ । ब्राजिल रहेको समुह ई मा ब्राजिल र स्विट्जरल्याण्डसँगै कोस्टारिका र सर्विया छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.