काठमाडौं, चैत २६ः अन्तर्राष्ट्रिय हवाई उड्डयनको प्रतिबन्ध १८ वैशाखसम्मका लागि गप गरिएको छ । सररकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि ३ बैशाखसम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो ।
कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबारको बैठकले १८ वैशाखसम्म नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । आन्तरिक उडानको विषयमा भने निर्णय भइसकेको छैन ।
विदेशी एयरलाइन्सलाई यात्रु बोकेर नेपाल प्रवेशका लागि रोक लगाइएको भए पनि नेपालमा रहेको विदेशी नागरिक लिनका लागि खाली विमान भने लकडाउनका अवधीमा समेत आएका छन् ।
ती विमानहरु नेपालमा रहेका विदेशी नागरिकलाई लिएर फर्केका थिए । यस अवधिमा नेपाल एयरलायन्सको कार्गाे उडान भइरहेको छ । नेपालले चीनबाट मेडिकल सामााग्री पनि नेपाल एयरलाइन्सबाट ल्याएको थियो ।