अन्तर्राष्ट्रिय बजारमा फेरि महँगियो कच्चा तेलको मूल्य

| 2024 Aug 26 | 10:24 am 381

काठमाडौँ १० भदौ / अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको छ । पछिल्लो पाँच दिनमै कच्चा तेलको भाउ औसत साढे ४ प्रतिशतले बढेको छ ।

गत बुधबार प्रतिब्यारेल ७१. ९ अमेरिकी डलर हाराहारीमा कारोबार भएको डब्लूटीआई तेलको भाउ हाल ७५.३ पुगेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ यो अवधिमा ७५.५ डलरबाट बढेर ७९.५ पुगेको छ । मुर्बान तेल प्रतिब्यारेल ७५.२ डलरबाट बढेर ७८.८ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा आयात हुने डिजेल, पेट्रोलको भाउ पनि बढ्दछ । सोअनुसार नेपाल आयल निगमले अंग्रेजी महिनाको १ र १५ तारिखमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.