अन्तर्राष्ट्रिय ख्यातिप्राप्त न्युरोसर्जन डा. देवकोटाको निधन

| 2018 Jun 18 | 07:51 pm 1755

विगत ६ महिनादेखि बिरामी परेका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाका निधन भएको छ । ६४ वर्षीय डा. देवकोटाको आज सोमबार ५.३५ बजे निधनको घोषणा गरिएको हो ।

स्वर्गीय देवकोटा पित्त थैलीको क्यान्सरबाट पीडित थिए भने बाँसबारीस्थित न्युरो अस्पतालमा उनको उपचार चलिरहेको थियो । यसअघि लण्डनमा उनको उपचार गरिए पनि उपचार सफल हुन सकेको थिएन । डा. देवकोटाको निधनले न्युरोसम्बन्धी उपचारमा अपुरणीय क्षति पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.