अन्तरजातीय विवाह गर्दै कांग्रेस नेता प्रकाशमानका छोरा

| 2018 Jul 03 | 02:58 pm 3287

कांग्रेसका नेता प्रकाशमान सिंहका छोरा प्रभाशमान सिंह कांग्रेस राजनीतिमा वामे सर्दैछन् । राजनीतिमा कदम बढाउँदै गरेका यी युवाको राजनीतिक भविष्यबारे अहिल्यै आँकलन गर्न नसकिए पनि वैवाहिक भविष्य भने तय भएको छ ।

प्रभाशमानको विवाह पाँचतारे होटलका मालिक प्रसिद्धबहादुर पाण्डेकी छोरी निकितासँग हुने भएको छ । नेता प्रकाशमानकी श्रीमती सिर्जना सिंहले पनि आफ्ना छोरा र हुनेवाला बुहारी निकिताको स्वयम्बरको तस्बिर फेसबुक वालमा राखेकी छन् ।

सिंह परिवारनिकट सुत्रबाट बुझिएअनुसार प्रभाशमान सिंह र निकिता पाण्डेको विवाह आगामी फागुन महिनामा हुने तय भएको छ । प्रभाश र निकिताबीच लामो समयदेखि मित्रवत सम्बनध रहँदै आएको र सो सम्बन्धलाई जीवनसाथीको रूपमा रुपान्तरण गर्न लागिएको हो ।

स्मरण रहोस्, नेवार परिवारका प्रभाश र बाहुन÷क्षेत्री समुदायकी पाण्डेबीच अन्तरजातीय सम्बन्ध गाँसिन लागेको हो । दुवै परिवार सम्पन्न एवम् सम्भ्रान्त भएको र केटा–केटी दुवैको चाहनाअनुसार वैवाहिक सम्बन्ध जोडिन लागेकोले सम्बन्धित अभिभावकहरू पनि प्रफुल्ल रहेका बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.