अन्तत् एेतिहासिक बागदरबार भत्कीने नै भयाे

रिपोर्ट नेपाल | 2018 Jun 17 | 03:31 pm 2592

काठमाण्डौं, असार ३ :  ऐतिहासिक बागदरबारलाई भत्काएर नयाँभवन बनाउन काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अघि बढेका छन् ।

पुरातत्व विभाग र उपत्यका विकास प्राधिकरणले ऐतिहासिक दरबार नभत्काउनका लागि गरेको पत्रचारलाई बेवास्ता गर्दै मेयर शाक्य अघि बढेका हुन् ।

मुगल शैलीको बागदरबार भिमसेन थापाले निर्माण गरेको बुझिएको छ । थापाको निधनपछि माथवरसिंह थापाले दरबार भित्र बाघ पाल्न थालेपछि उक्त भवनको नाम बागदरबार राखिएको थियो ।

महानगरपालिकाको कार्यालयकोभवन निर्माणका लागि भन्दै यस्ता ऐतिहासिक सम्पदाहरु भत्काउदै जाने हो भने भोलीका पुस्ताले पुरातात्वीक चिजहरु इतिहासमा पढ्न मात्रै पाइने पुरातत्वविद्हरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.