अनेरास्ववियू केन्द्रीय कमिटि सदस्यले लिए सपथ

रिपोर्ट नेपाल | 2020 Jan 12 | 04:38 pm 1325

काठमाडौं, पुस २७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।

अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । अनेरास्ववियू नेतृ सुनिता बरालका अनुसार ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् । यस अघि अनेरास्ववियू १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.