काठमाडौं २३ जेठ : साढे ३३ किलो सुन तस्करीको अनुसन्धानमा ठूला माछा नजिक पुगेकाे गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् ।गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका हुन्।
घटनाको छानबिन गर्न गठिन समितिले त्रुटिपूर्ण अनुसन्धान गरेर महाशाखाका अधिकारीलाई फसाएको भन्दै ३ पूर्व प्रहरी अधिकारीहरुले टिप्पणी गरेका थिए । यसले गृहमन्त्रीकाे छानबिनलाई प्रभाव पार्ने र तस्करलाई संरक्षण गर्ने प्रयत्नको रुपमा लिएको बताएका छन् । ‘यो कुराले हाम्रो अनुसन्धान सही दिशामा छ भन्ने पुष्टि भएको छ’, थापाले भने, ‘अनुसन्धान जति नजिक पुग्दैछ, त्यति ठूला माछाहरु छट्पटाइरहेका छन् ।’
थापा थपे ‘सुरुमा भुरा माछाहरु समातिए । त्यसपछि मझौला समातिएका छन्, माछा मार्न क्रम जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’ तत्कालिन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायत अहिले पुर्पक्षका लागि थुनामा छन् ।