अनशनरत डाक्टर डा. केसीको समर्थनमा जेष्ठ नागरिकले र्‍याली निकाले

| 2019 Jan 13 | 05:10 pm 1910

इलाम, पुस २९  :१६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा आइतबार सदरमुकाममा जेष्ठ नागरिकले र्‍याली निकालेका छन् । केसीका माग चाँडो सम्वोधन गर्नु पर्ने माग राख्दै र्‍याली निकालिएको हो ।

सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएको र्‍याली चोक बजारमा कोणसभामा परिणत भएको थियो । उनीहरुले १५ औं अनशनमा सरकारसँग भएका सम्झौता पालन गरेर केसीको जीवन रक्षा गर्नु पर्ने माग गरेका छन्।

कोणसभामा सम्बोधन गर्दै भुमी ढुंगानाले डा. केसीले उठाएका माग पूरा गराउन नागरिक खबरदारी र दबाब आवश्यक रहेको बताउँदै सरकारको उदासिनताप्रति कडा आपत्ति जनाए। आफैंले गरेको सम्झौता पालना नगर्नु सरकारको कमजोरी रहेको उनको भनाइ थियो।

सत्याग्रह सुरु भएदेखि नै इलाम सदरमुकाममा दैनिक र्‍याली र कोणसभा भइरहेको छ। आइतबार डा. केसीका वार्ता टोली संयोजक डा. अभिशेक सिंहसमेत इलाम आएका छन्। साथै केसीको पक्षमा ओम साही अस्पताल झापाबाट भरत तिम्सिनासहित एक टोलीसमेत इलाम आएर स्वास्थ्य जाँच गर्दै आन्दोलको समर्थनसमेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.